•  चन्द्र बस्नेत                                         

कनकाई।

झापाको कनकाई  १ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम  आज (शनिबार) सम्पन्न भएको छ। कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं। १ स्थित दलित सामुदायिक भवनमा एक दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको अध्यक्षतामा भएको तालिममा कनकाई वडा न १ का वडा अध्यक्ष तथा  कार्यक्रमका प्रमुख अतिथि  सुशीलकुमार पोख्रेलले ब्यानर पढी तालीमको उद्घाटन गरेका थिए ।  ।

उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका वडावासीलाई प्राथमिक्ता राखी यस्ता तालिमको आयोजना गरिरहने र अब केही दिनमै पशु बिमा गरि किसानले पालेका पशु चौपायाको सुरक्षामा ध्यान दिदै जाने जानकारी दिए। उनले बढीभन्दा बढी वडाबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै वडाबासीको पशुधन सुरक्षामा वडा गम्भिर भएको बताए । 

सुकेडागी सामुदायिक वनको आयोजना तथा जिल्ला भेट्नेरी अस्पताल तथा पशु विज्ञ केन्द्र भद्रपुर झापाको सहयोगमा सम्पन्न तालिममा साहारा नेपाल साकोसका पशु चिकित्सक डा। कमलेश्वर भट्टले सहजीकरण गरेको  वडा न १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिए।

तालिममा ५० बढी  वडाका अगुवा बाख्रा पालक कृषक सहभागी भएको  वडा न १ का वडा सदस्य निर्मला खड्काले जानकारी दिइन् ।    वडा न १ र २ का   कृषकहरुलाई लाभान्वित गराउँने उदेश्यका साथ २ वटै वडामा तालिमको आयोजना गरिएको  बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सदस्य लोकनाथ दुलालले जानकारी दिए।

बाख्रा कृषकहरुकालागी पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट यतिबेला  घुम्ती शिविर साथै निशुल्क औषधि वितरण , पशु बिमाका साथै यस्ता तालीमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको तालीममा सहभागी  कृषक  स्वतिका अधिकारीको भनाई छ।         

 नगरले यतिबेला सबै वडामा पशु स्वास्थ्यशिविर समेत चलाईरहेको छ । शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिदै आईएको बताएको छ । त्यस्तै सबै जातका अन्य पशु चौपायको स्वास्थ्य परिक्षणका साथै रेविज भेक्सिन, बोका, सुँगुरको बन्ध्याकरण भिटामिन, क्याल्सियम, जुका नाम्लेको औषधि लगायत निशुल्क वितरण भईरहेको  छ । नगरमा यस अघि सबै वडामा बाख्रा पाठाहरुको पनि स्वास्थ्य शिविर संचालन गरिएको कनकाई १ कि अर्कि वडा सदस्य संगीता लुवागुनको भनाई रहेकोे छ। सुकेडाँगी सामुदायिक वनकि सदस्य राजेस्वरी कोईरालाले स्वागत गरेको कार्यक्रमको  सन्चालन वन समुहका  कोषाध्क्ष आईपि भट्टराईले गरेका थिए ।