बिर्तामोड । 

झापाको बिर्तामोड सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापाको अधिवेशन सम्पन्न भएको छ। २०६३ सालमा तदर्थ समिति गठन भएपनि निस्कृय रहेकोले आज पुनः गठन गरिएको हो ।

नव गठित कार्यसमितिमा अध्यक्ष गणेश नेपाल, बरिष्ठ उपाध्यक्ष शम्भु खड्का, उपाध्यक्ष पवन राजबंशी, महासचिव भुपाल गुरुङ, सचिब खेमराज नेपाल, सह सचिव सरोज खनाल, कोषाध्यक्ष लिला वस्ताकोटी, सह–कोषाध्यक्ष कर्णलाल साह सर्वसम्वत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा होमनाथ भट्टरार्इ मुकेश गौतम, डोरबहादुर मगर, पराजय चौधरी,  धनकुमार योङहाङ, (लिम्बू) राजु दाहाल, ललित थापा, जोगलाल राजबंशी र मनोज मण्डल निर्वाचित भएका छन् ।

चालक  गणेश नेपालको अध्यक्षतामा भएको अधिवेशनमा  सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्लाका १५ वटा स्थानीय तहका र अन्य सरकारी, संस्थान कार्यालयमा कार्यरत सवारी चालक कर्मचारीहरु गरेर करिव एकसय जनाको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा ३५ वर्षदेखि कार्यरत हाल जिल्ला प्रशासन कार्यालय भद्रपुरका सवारी चालक बिष्णु ठकुरीलाई सम्मान गरिएको छ । त्यसैगरी दमक नगरको एम्बुलेन्स चालक लिला बस्ताकोटिलाई पनि सम्मान गरिएको थियो ।

प्रमुख अतिथि न्यौपानेले राज्यको नीति नियम अनुसार दिनमिल्ने सेवा सुबिधा,आचरण, जिम्मेवारी,सुरक्षित यातायात आवागमन बारे सुझावसहित आफ्नो धारणा रोखेका थिए । कार्यक्रम सञ्चालन रोहित कोईराला, स्वागत मनतब्य खेमराज नेपालले गरेका थिए ।  रोहित कोईरालाले  औचित्य माथि प्रकाश पारेका थिए ।  दमक नगरबाट चालकहरुबाट संकलित १२ हजार रुपैयाँ दुर्घटनामा घाइते भएका जिल्ला निर्वाचन कार्यालयका पूर्व चालक जय चौधरीलाई सहयोग स्वरुप प्रदान गरीएको छ ।

सभाध्यक्ष नेपालले आयव्यय सर्वजनिक गरेका थिए ।  डिल्ली खरेलको संयोजकत्वमा दुई सदस्य रोहित कोईराला र होमनाथ भट्टराईलाई निर्वाचन समितिमा चयन गरिएको थियो । दोस्रो सत्रको कार्यक्रममा निर्वाचन संयोजक खरेलको अध्यक्षतामा निर्वाचन कार्यसुची तयार गरी १५ स्थानीय तहबाट एक÷एक जना अन्य सरकारी, संस्थान बाट ६ जना  गरि जम्मा १७ जनाको कार्यसमिति चयन गरिएको छ ।  बाँकी चार जना सदस्य भने  कार्यसमितिले मनोनीत गर्ने भएको छ । कार्यक्रम ब्यबस्थापन बिर्तामोड नगरपालिकाका सवारी चालक खेमराज नेपालले गरेका थिए ।