- राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा न ९ स्थित रामेश्वर शिव पान्चायन मन्दिरमा बालबालिका हरुलार्इ सस्कार र सस्कृतिको ज्ञान दिने उद्देश्यले प्रशिक्षण कक्षा शुरु गरिएको छ ।
माघ १४ गतेदेखि प्रत्येक शनिबार बिहान १ घण्टा धर्म, सस्कार, सस्कृतिको बारेमा गुरु नारायणप्रसाद अधिकारीले सहजिकरण गर्दै आएका मन्दिर समितिका अध्यक्ष सरोज निरौलाले जानकारी दिए।
समाजमा धार्मिक मूल्य मान्यता, मौलिक सस्कार र सस्कृतिको संरक्षणका लागि शुरु गरिएको उक्त प्रशिक्षण कक्षामा आज (शनिबार) सम्ममा ७० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको मन्दिर समितिका अध्यक्ष निरौलाले बताए । मन्दिर समितिले आगामी फागुन ६ गते शिवरात्रीको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिने उनले जानकारी दिए।