बिराटनगर।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागूऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’अभियान २०७९ अन्तरगत  झापा र मोरङका बिभिन्न स्थानमा १३८ जना लागू औषध दुर्व्यसनीहरुलाई मनोसामाजिक परामर्शसेवा प्रदान गरेको छ ।

लागूऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य  बिराटनगर–१६ को भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ३५ जना लागूऔषध दुर्ब्यसनीहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेका थिए ।

त्यसैगरी लेटाङ स्थित रहेको उज्यालो जीबन केन्द्रको भवनमा ४० जना, रंगेलीको चोप्रा स्थितमा २० जना, झापाको मेचिनगर–६ मेची पुल स्थितमा रहेको होल्डिङ सेन्टरमा १८ जना र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा २५ जना लागूऔषध सेवन कर्ताहरुलाई प्रहरी अधिकृतहरुद्वारा मनोसामाजिक परामर्शसेवा प्रदान गरीएको हो ।