बिराटनगर ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागूऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’ अभियान २०७९ अन्तरगत झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागू औषध दुर्व्यसनीहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेको छ ।

लागूऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार बिराटनगर–१६ को भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ५० जना लागू औषध दुर्ब्यसनीहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेका थिए ।

त्यस्तै झापाको भद्रपुर, मेचिनगर–६ मेची पुल स्थितमा रहेको होल्डिङ सेन्टर र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा समेत गरी ३० जना लागूऔषध सेवन कर्ताहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरीएको थियो ।