बिराटनगर ।

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीको प्रहरी टोलीले केराबारी गाउँपालिका–१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको  फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल बरामद गरेको हो  ।

त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१५ का २६ बर्षीय  लकि गुरुङ, ३२ बर्षीय कुस बहादुर भुजेल, धरान २ का काम्मराज लिम्वु र धरान ४ का ३० बर्षीय सन्जु बिकलाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।