तेह्रथुम ।

तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।मृत्यु हुनेमा म्याङलुङ–६ कि ७६ बर्षीया हर्कमोती लिम्बु रहेकि छन् । 

तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकाम तर्फ जाँदै गरेको को.१ त ५५३८ नम्वरको ट्रयाक्टरले पैदल यात्री स्थानिय ६२ बर्षीय दलबहादुर लिम्बुलाई ठक्कर दिदा ट्रयाक्टर अनियन्त्रित भई सडक मुनी रहेको बिशाल लिम्बुको भान्साघर माथि पल्टदा भान्साघरमा आगो ताप्दै गरेकि लिम्बुको आमा हर्कमोती समेत घाईते भएकोमा दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा हर्क मोतीको मृत्यु भएको हो ।

अर्का घाईते लिम्बुलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ भने ट्रयाक्टर चालक म्याङलुङ १ का देशबहादुर लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएर घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।