झापा । 

चोरी मुद्दामा फरार रहेका झापा गौरादह गाउँपालिका वडा नम्बर २ र ८ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी मद्दामा फरार झापाको गौरादह–२ का ३६ बर्षिय एलेक्स भन्ने बिजय चौधरी र गौरादह–८ का २५ बर्षिय बिजय भन्ने रोबिन राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०७८/०७/१४ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । 

त्यस्तै झापा जिल्ला अदालतको मिति २०७८/०७/१४ गतेको फैसला अनुसार चोरी मुद्दामा फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बुधवारै पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका  दुबै जनालाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएर अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।