बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो ।  

९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइ रहेको यस पुल निर्माणका लागि एन.के कन्ट्रक्सनले ठेक्का लिएको थियो । पुलको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ७का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरलले अगुगमन गरेका छन् ।

वडाध्यक्ष खरेलले यहाँ पुल निर्माण भएपछि स्थानीयलाई वारपारी गर्न सहज भएको बताए । उनले पुल नहुँदा यस क्षेत्रमा कटानको समेत समस्या रहेकोले वर्षौ देखि सास्ती खेप्दै आएका स्थानीयले राहत महसुस गरेको बताए।  

बिर्तामोड नगरपालिका क्षेत्र भित्र निर्माण भईरहेका बिकास निर्माणका कार्यहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन तथा निगरानी गर्दै आएका छ्न । ठेकेदारको ढिला सुस्तीकाकारण निर्माण कार्यमा ढिलाई हुने हुँदा नगरले प्रत्यक्षरुपमा समयमै काम सम्पन्न गर्नका लागि खबरदारी गर्दै आएको हो ।