बिर्तामोड ।  

वीरता जेसीज बिर्तामोडको ४२ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।वीरता जेसीज सन् २०२२ का अध्यक्ष प्रविन खड्काको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा वीरता जेसीजको ४२ औं साधारण सभा तथा शाखा अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएका सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको थियो ।

वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत राजीव धिमालले सन् २०२३ का अध्यक्ष घनश्याम चौधरीसहित नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । वीरता जेसीजको ४२ औं साधारण सभा तथा शाखा अधिवेसनबाट सन् २०२३ को अध्यक्षमा घनश्याम चौधरी, कार्यकारीणी उपाध्यक्षमा सुरज चौधरी, टीकाराम खतिवडा,उपाध्यक्षमा प्रज्जवल विमलि, सुमनकुमार पोद्दार ,बाप्पा साह ,राज मुखिया निर्वाचित भएका थिए भने तालिम संयोजकमा दिपेन धिमाल, संयुक्त सचिवमा प्रकाश थापा मगर, जनसम्पर्क अधिकारीमा बसन्त ढकाल, प्रकरण निर्देशकमा दिपक शाह निर्विरोध निर्वाचित भएका थिए ।

वीरता जेसीज सन् २०२२ का अध्यक्ष मिजाश पोखरेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक लोकचन्द्र श्रेष्ठ(एलसी) ले स्वागत गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष वशन्त ढकालले आस्था वाचन गरेको कार्यक्रममा तालिम संयोजक दिपेन धिमालले जेसीआई मिसन भिजन र थिम वाचन गरेका थिए ।कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं , पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसीज पूर्व अध्यक्ष क्लब झापाका अध्यक्ष विनोद वस्नेत ,भद्रपुर जेसीजका अध्यक्ष युवराज न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसैबीच वीरता जेसीजले सन् २०१८ देखि प्रदान गर्दै आएको मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालाई प्रदान गरिएको छ । वीरता जेसीजका पूर्वअध्यक्ष तथा अग्रज पत्रकार मदन ढकालको स्मृतिमा ढकालका परिवारहरुले अक्षयकोष स्थापना गरी उक्त पुरस्कार स्थापना गरेका हुन् ।

सोही कार्यक्रममा दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार पूर्वअध्यक्ष राजेन्द्र चौलागाईलाई प्रदान गरिएको थियो । वीरता जेसीजका पूर्वअध्यक्ष दिलकुमार घिमिरेको स्मृतिमा रेखा घिमिरे र लव घिमिरेले अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार दाता लव घिमिरेले नगद र प्रमुख अतिथि प्रसाईंले सम्मान पत्र पूर्वअध्यक्ष राजेन्द्र चौलागाईलाई प्रदान गरेका थिए ।