सुरुङ्गा ।
सरकारी तथा संस्थान सवारी चालक एसोशिएसन झापाको तेस्रो साधारणसभा तथा अधिवेशन आगामी माघ २८ गते हुने भएको छ ।
एशोसिएशनका झापा जिल्ला अध्यक्ष गणेश नेपालको अध्यक्षतामा बसेको बैठकले साधारणसभा तथा अधिवेशन बिर्तामोडमा गर्ने निर्णय गरेको सरकारी तथा संस्थान सवारी चालक एसोशिएशन झापाका सल्लाहकार रोहित कोईरालाले बताए ।
त्यस्तै वैठकले जिल्ला निर्वाचन कार्यालयका पूर्व चालक दुर्घटनामा घाइते भएर ओछ्यानमा थलिएको धेरै महिना भइसकेको र आर्थिक अवस्था पनि कमजोर भएको कारण केही रकम सहयोग गर्ने निर्णय समेत गरेको जनाइएको छ ।
साथै एशोसिएशनले संस्थाका सदस्यलाई परेको दुःखमा साथ तथा सहयोग गर्दै आएको र अगाडि पनि गर्ने निर्णय समेत गरेको सल्लाहकार कोइरालालले जानकारी दिएका छन् ।