- दिपेन विश्वकर्मा
बुद्धशान्ति ।
झापाको बुद्धशान्ति पर्यटकीय क्षेत्रका रुपमा बिकसित हुँदै गएको बर्ने चिया बगान पछिल्लो समय फोहोर मैला ब्यस्स्थावपन गर्ने स्थान बन्दै गएको छ । फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा दिनदिनै चिया बगानको सौन्दरयता गुम्दै गएको हो ।
स्थानियले प्रयोग गर्ने प्लाष्टिकका झोला, पानीका बोत्तल, बिभिन्न प्रकारका मदिराका बोतल, खैनी, गुट्खा आदिको खोलका कारण बगान कुरुप बन्दै गएको छ । जथाभावी फालिएका मदिराका बोतल प्लाष्टिकजन्य सामग्रीका कारण चिया बगानमा काम गर्ने मजदुरलाई काम गर्न असहज भएको उनीहरुको भनाई छ ।
स्थानियहरुले लापरबही गरि फालेको सड्ने फोहोरको दुर्गन्धका कारण वरपर हिडडुल गर्ने मानिसलाई आवात–जावतमै समस्या हुन थालेको हो । जथाभावी फुटाएर फालिएका मदिराका बोतलले काम गर्न आफुलाई असहज भएको बगानमा कार्यरत मजदुर नारद वाग्लेले बताए ।
स्थानियले मदिराका खाली बोत्तल बगानको क्षेत्रमा जथाभावी फाल्ने गरेका छन् । फोहर व्यवस्थापनमा सरोकारवालाले ध्यान नदिंदा अहिले बगान क्षेत्र दुर्गन्धित भएको छ । जथाभावी फोहोरमैला फाल्दा दुर्गन्ध त बढेको छ नै, विभिन्न रोगको महामारीसमेत फैलिने चिन्ता स्थानीयमा बढेको छ । यसका लागि सम्बन्धित निकाय बेलैमा सचेत बन्न जरुरी छ ।