झापा ।

झापाको बिभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित घरैबाट झापा कमल गाउँपालिका–३ का ३५ बर्षीय राजकुमार लावती पक्राउ परेका छन् । 

१ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित झापा भद्रपुर नगरपालिका–२ गौरीशंकर टोलबाट  सोही स्थान सगरमाथा चोकका ४० बर्षीय दिपक राई र २० बर्षीय संदेश बास्तोला पक्राउ परेका छन् ।

त्यस्तै ५ ग्राम ब्राउन सुगरसहित झापा गौरीगञ्ज गाउँपालिका १ भाङडाँडा स्थितबाट झापा शिबसताक्षी नगरपालिका–६ का ३० बर्षीय सन्तोष ताजपुरिया र शिवसताक्षी नगरपालिका –४ का ३१ बर्षीय बिकास श्रेष्ठलाई पक्राउ गरिएको हो । पक्राउ परेका पाचै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।