मोरङ ।
मोरङको सुनवर्षी नगरपालिका ७ बरडंगाबाट नियन्त्रित औषधीसहित भारतिय नम्बर प्लेटको मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।
प्रहरी चौकी बरडंगाको प्रहरी टोलीलाई देख्न साथ BR39L 1082 नं. को मोटरसाईकल घुमाउने क्रममा अनियन्त्रित भई मोटरसाईकल लड्दा चालक मोटरसाईकल छाडी फरार भएका थिए ।
खटिएको प्रहरी टोलीले सोही मोटरसाईकलमा बाधेको बोरामा नियन्त्रित औषधी Tramadol Capsules IP ट्याबलेट ९६० पत्ता ९९६०० पिस फेला पारेको हो । फरार भएका व्यक्तीको खोजतलास भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।


















