चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा नं.–९ मा सामाजिक गतिबिधी शुरुवात गरेको देवकोटा युवा क्लबको बैठकले दिवाकर मैनालीको अध्यक्षतामा तदर्थ कार्यसमिति गठन गरेको छ ।
२१ सदस्यीय तदर्थ कार्य समितिको उपाध्यक्ष अजित तिवारी, सचिव रमेश उप्रेती, सह–सचिव प्रिया सुन्दास, कोषाध्यक्ष करकचन्द्र राजबंशी र सह–कोषाध्यक्ष गिता उप्रेती चयन भएका छन् ।
नवगठित तदर्थ कार्यसमितिको सदस्यमा आश्मा सुवेदी, निखिल उप्रेती, मिशन प्रधान, रुकमान थापा मगर, अमृत श्रेष्ठ, सन्तोष भण्डारी, प्रयत्न भण्डारी, रोहित ढकाल, लोचन खतिवडा, पदम बिश्वकर्मा, किरन तिवारी, यशोदा नेउपाने, प्रेरणा तिवारी, प्रतिक्षा श्रेष्ठ र शान्ति पौडेल रहेका छन् ।
देवकोटा युवा क्लबको सोही बैठकले क्लवको सल्लाहकार समिति संयोजकमा राजु बराललाई चयन गरेको क्लबका अध्यक्ष दिवाकर मैनालीले बताए । बरालको संयोजकत्वमा गठित सल्लाहकार समिति सदस्यमा गोकुल ढकाल, सिताराम उप्रेती, युवराज तिवारी, कर्ण लिम्बू, राजेश निरौला र उर्मिला घिमिरे पोखरेल रहेका छन् ।
क्लबको सम्पन्न बैठकले तदर्थ कार्यसमितिका उपाध्यक्ष अजित तिवारीको संयोजकत्वमा बिधान मस्यौदा समिति समेत गठन गरेको छ ।