लक्ष्मीपुर । 

झापाको बिर्तामोड नगरपालिका –२ स्थित चारपानेका गिरी परिवारमा मात्रृशोक परेको छ । चारपाने निवासी गिरी परिवारकी ९५ बर्षिया नरमाया गिरीको आइतवार (आज) राती २ बजे बिर्ता सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएपछि गिरी परिवारमा मात्रृशोक परेको हो । 

सामाजिक ब्यक्तित्व तथा नेपाल दशनामी समाज प्रदेश नं. १ सदस्य, झापा कोषाध्यक्ष तथा बिर्तामोड नगर सल्लाहकारसमेत रहेका बालकृष्ण गिरीलाई मात्रृशोक परेको हो । चारपानेका सहदेब गिरी, बालकृष्ण गिरी, भिमबहादुर गिरी र लालबहादुर गिरीकी ममतामयी माता नरमाया गिरीको आज ११ बजे कनकाई माई आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व. नरमाया प्रेसर, दम, खोकीबाट पिडीत रहेकी थिइन् । 

शब्दपत्र प्रकाशन प्रालिका सञ्चालकसमेत रहेका बालकृष्ण गिरीसहित गिरी परिवारमा परेको शोकलाई शक्तिमा बदल्न भगवानले शक्ति प्रदान गरुन् भन्दै माताको आत्माको चिरशान्तिको कामनासहित शब्दपत्र प्रकाशन प्रालि परिवार गहिरो हार्दिक समवेदना ब्यक्त गर्दछ ।