झापा ।
शिवाकोटी समाज नेपाल झापा जिल्ला अधिवेशनले शनिबार (आज) तेजप्रसाद शिवाकोटीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनले सह–अध्यक्षमा श्रीप्रसाद शिवाकोटी, उपाध्यक्षमा चिरन्जीवी शिवाकोटी, मोहनप्रसाद शिवाकोटी, शोभा शिवाकोटी, सचिव रेवती शिवाकोटी, सह सचिव भवानी शिवाकोटी, कोषाध्यक्ष सागर शिवाकोटीलाई चयन गरेको छ ।
त्यस्तै सदस्यमा मोहनप्रसाद शिवाकोटी, सुनिल शिवाकोटी, लक्ष्मी शिवाकोटी, पुण्यप्रसाद शिवाकोटी, बेदप्रसाद शिवाकोटी, महिला सदस्यमा कौशिला शिवाकोटी, यशोदा शिवाकोटी जिल्ला सदस्य बसन्त शिवाकोटी र छविलाल शिवाकोटीलाई चयन गरेको छ ।
समाजको कुल घर दुर्गापुर कालीमुडा, झापामा निर्मित कालीनाग मन्दिर आयोजित कार्यक्रममा समाजका पूर्व केन्द्रिय अध्यक्ष ध्रुबकुमार शिवाकोटी, संविधान सभा सदस्य तथा समाजका सल्लाहकार सुधीरकुमार शिवाकोटी, पूर्व प्रदेश सांसद तथा समाजका पूर्वाञ्चल संयोजक हरिचरण शिवाकोटी, केन्द्रिय सदस्य भानुप्रसाद शिवाकोटी, केन्द्रिय उपाधयक्ष उमा शिवाकोटी, केन्द्रिय अध्यक्ष वालगोपाल शिवाकोटी, कनकाई नगपालिकाका उप प्रमुख आशा शर्मा शिवाकोटी, शिक्षाविद ईश्वरीप्रसाद शिवाकोटी, जग्गा दाता गोपालप्रसाद शिवाकोटी लगायतको उपस्थितिमा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको सन्तकुमार शिवाकोटीले जानकारी दिए ।
निर्वाचन उप समितिका अध्यक्ष ईश्वरी प्रसाद शिवाकोटीले नव निर्वाचित पदाधिकारी लाई पद तथा गोपनीयताको सपथ गराएका थिए । उक्त अधिवेशनमा जिल्लाका पूर्व अध्यक्ष ध्रुबप्रसाद शिवाकोटीको अध्यक्षता सम्पन्न भएको थियो। अधिवेशनमा ध्रुबकुमार शिवाकोटी, उमा शिवाकोटी, बालगोपाल शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजको आयव्यय विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला सचिव भूपाल शिवाकोटीले गरेका थिए । कार्यक्रममा बद्रिप्रसाद शिवाकोटी, राम शिवाकोटी, सुजन शिवाकोटीलगायत शिवाकोटी वंश प्रतिष्ठानद्वारा पितृ देवको स्मृतिमा ४४ किलोको घण्टी कूल मन्दिर कालीनागलाई हस्तान्तरण गरिएको थियो।