झापा ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको बिबिध सामाग्री नियन्त्रण्मा लिएको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नं. ७ प्यारिभिट्टामा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको कपडा, भाडा वर्तन र किराना सामानहरु बरामद गरेको हो ।
प्रहरीले १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।