बिर्तामोड ।
प्रेस चौतारी नेपाल झापाले शनिवार (आज) जिल्लाका अग्रज पत्रकारमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा अभिनन्दन एवम् अग्रज पत्रकार सम्मान गर्न लागेको संगठनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।
प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन र अग्रज पत्रकारहरु नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र स्व.माया पकुवाललाई सम्मान गर्ने परियारले जानकारी दिए । पकुवाललाई मरणोप्रान्त सम्मान गरिने भएको हो ।
झापाको पत्रकारिता क्षेत्रलाई उचाईमा पुर्याउन योगदान पुर्याएवापतउनीहरुलाई सम्मान र अभिनन्दन गर्न लागिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिए । उनका अनुसार उनीहरुलाई स्थापना दिवसको अवसर पारेर आज विर्तामोडमा एक समारोहबीच सम्मानित गरिनेछ ।
बिर्तामोडस्थित हेवन वाटर पार्कमा आयोजना हुने समारोहको प्रमुख अतिथिको रुपमा प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कार्की आउने संगठनका सचिव प्रकाश पौडेलले जानकारी दिए ।