बिर्तामोड  ।

 नेपाल ट्रेड युनियन काङ्ग्रेसमा आवद्ध  बित्तीय सस्था कर्मचारी संघको नवौ जिल्ला अधिबेशनले रजनी पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । 

सर्बसम्मत रूपमा गठित समितिको उपाध्यक्षमा सरोज खतिवडा, सचिबमा गङाराम भट्टराई र कोषाध्यक्षमा भुपेन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यमा उद्द्ब सिग्देल, चुडामणि अधिकारी, बिना प्रसाईं, शर्मिला खनाल, ज्योति अग्रवाल र रेजिना राई चयन भएको निर्वाचन संयोजक जयकुमार दाहालले जानकारी दिए ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारीको प्रमुख आतिथ्यमा सप्पन्न अधिबेशन उद्घाटन समारोहमा कमल राजबंशी, गोपाल लोहनी, खेम भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  भवानी प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भवानी पाठकले गरेका थिए ।