बिर्तामोड । 

 बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका–२ स्थित रामचौकमा आगामी फागुन ५ देखि १५ गतेसम्म हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसँग संघमा छलफल गरिएको हो । 

छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएकाले त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् । 

बिर्तामोड औद्योगिक व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले आयोजना गर्न लागिएको महोत्सवका विषयमा प्रकाश पारेको छलफल कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नेपाल उद्यमशील महिला संघकी सचिव यशोदा प्रसाई,  नेपाल उद्यमशील महिला ंसघकी सह–सचिव चन्द्रा भट्टराई पोखरेल, सदस्यहरु चन्द्रकला रिजाल भट्टराई , विना थापा घिमिरे, कविता पौडेल, उमा भट्टराई प्रसाई, विमला भट्टराई, माया प्रधान, अञ्जु लामिछाने लगायतले महोत्सव सफल बनाउन आ– आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिवद्धता जनाएका छन् । 

कार्यक्रमको सञ्चालन महोत्सव आयोजक समितिका सचिव कुशल खतिवडाले गरेका थिए ।