सुनसरी।
सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा लागू औषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर आरआइटी र सिआरभी पोष्ट दुहबीको प्रहरी टोलीले इटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको को.२ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाए राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा टेम्पोमा गाँजा बरामद भएसँगै अटो चालक इटहरी उपमहानगरपालिका–११ का ३७ बर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी–१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसस पटेललाई पक्राउ गरेको हो भने अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी–१२ का २७ बर्षीय अरुणकुमार सरदार र देवानगञ्ज गाउँपालिका–५ का २३ बर्षीय मिथिलेस यादब समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।