बिर्तामोड । 

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव ब्यापारी–व्यवसायीका लागि महत्वपूर्ण भएको मारवाडी समुदायले जनाएको छ । मेला संयोजक तथा बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको संयोकत्वमा भएको छलफलमा मेला सबैे व्यापारी व्यवसायीका लागि महत्वपूर्ण पाटो भएको धारणा मारवाडी समुदायले जनाएको हो । 

 मारवाडी समुदायले मेलामा बिर्तामोड बजार सजावट, मेलामा स्टल राख्नुको महत्व बुझाउनु पर्नेमा जोड दिएका मारवाडी समुदायका अगुवा तथा युवा व्यवसायीले सरसफाई, सुरक्षा ब्यवस्था, चोकबाट मेलास्थलसम्म जाने यातायातका साधनमा भाडादरको एक रुपता कायम गरिनुपर्ने, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको लगायतका कुरामा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

बाणिज्यसंगका पूर्व अध्यक्ष बेदप्रकाश अग्रवालले मेलाका कारण सबैलाई केही न केही फाइदा हुने बताउँदै मेला सफल बनाउनु सबैको दायित्व रहेको बताए  । देशविदेशका उपभोक्ता र उत्पादक जोडिने हुँदा मेलाको माध्यमबाट अघिपछि पनि फाइदा हुने उनको भनाई थियो । साथै अग्रवालले मेलाको आकर्षणका लागि बिर्तामोड बजारलाई आकर्षक बनाएर सजाउनु पर्नेमा बताए । मारवाडी सेवा समूह बिर्तामोडका अध्यक्ष मोहन मित्तलले व्यापारी, व्यवसायीका लागि मेला अवसर भएको बताए । 

त्यस्तै मारवाडी युवामञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल, रवि शर्मा, मारवाडी युवा मञ्चका सचिव जीवनकुमार अग्रवाल, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष नैनकला भट्टराई, राधिका चुडाल लगायतले आ–आफ्ना भनाई प्रस्तुत गरेको मेला आयोजक समितिका सचिव कुशल खतिवडाले जानकारी दिए । बिर्तामोड अन्तर्राष्ट्रिय ओैद्योगिक व्यापार महोत्सव आगामी फागुन ५ गतेबाट हुने शुरु हुनेछ ।