मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । 

भारत जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे–२ मोरङका २५ बर्षीय बिवेक मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको हो ।

प्रतिबन्धित औषधी सहित प्रक्राउ परेका मोतेको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।