हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ ले वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्ने भएको छ । वडामा मेलमिलाप केन्द्र सञ्चालनका लागि वडा कार्यालयले मेलमिलाप कर्ता छनौटका लागि आवश्यक कागजातसहित सूचना जारी गरेको हो ।
वडाको गत माघ १६ गते बसेको बैठकले वडामा मेलमिलाप केन्द्र सञ्चालनका लागि मेलमिलाप कर्ता छनौट गर्ने भएको हो ।
हल्दीबारी गाउँपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धि कार्यविधि, २०७९ को परिच्छेद–३ को दफा ७ बमोजिम उक्त वडा क्षेत्रभित्र बसोबास गर्ने २५ बर्ष उमेर पूरा भएको कुनैपनि राजनितिक दलमा रहि सकृय नरहेको मेलमिलाप कर्ताको तालिम प्राप्त ईच्छुक व्यक्तिले मेलमिलाप कर्ता हुन पाउने वडा सचिव भजन संग्रौलाले जाननकारी दिए ।
मेलमिलाप कर्ताका लागि नागरिकता प्रमाणपत्र, माध्यामिक तह उतिर्ण गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, मेलमिलापकर्ताको तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि, वडा नं ५ मा स्थायी बसोबास भएको प्रमाणसहित निवेदन दिन सकिने वडाअध्यक्ष खड्गबहादुर लावतीद्धारा जारी सूचनामा उल्लेख छ ।


















