मोरङ ।
मोरङको उर्लाबारी नगरपालिका–३ थापा चौकमा स्कुल बसको ठक्करबाट पैदल यात्री एक जना बृद्ध पुरुषको मृत्यु भएको छ ।
बुधवार (आज) पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पञ्चायत माबि पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिदा घाईते भएका पैदल यात्री स्थानीय ८० बर्षीय भिमबहादुर तामाङको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।
घटनामा संग्लग्न बस र चालक पथरी शनिश्चरे नगरपालिका–९ का ३० बर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।