बिराटनगर ।
मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले मोरङको बिराटनगर–१६ स्थितमा भारतबाट नेपाल तर्फ शंकास्पद अवस्थामा आउँदै गरेका पैदल यात्री धरान–१३ का २० बर्षीय शुक्र भुजेल, २१ बर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको हो ।
त्यसैगरी उदयपुरको प्रहरी चौकी बसाहको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका–४ स्थितमा चेकजाँचको क्रममा बेलका नगरपालिका–३ का २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।