मोरङ ।
मोरङको रंगेली नगरपालिका–५ आँपगाछी बोडरबाट अवैध सुर्तीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार (आज) बिहान २ बजे ईलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी गस्ती टोलीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको ६ सय ९० केजी अन्दाजि २ लाख ७ हजार बराबरको धुलो सुर्ती बरामद भएसँगैं ३३ बर्षीय उसमान शेख मिँयालाई पक्राउ गरेको हो ।
पक्राउ परेको उनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।