बिर्तामोड । 

झापा बिर्तामोड नगरपालिका वडा नम्बर ९ डाँडागाउँबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिर्तामोड– ९ डाँडागाउँ का २२ बर्षिय अर्जुन आले मगर र बिर्तामोड–१० का ३८ बर्षिय कृष्ण लिम्बुलाई पक्राउ गरेको हो । 

उनीहरुलाई चेकजाँच गर्ने क्रममा  प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १ ग्राम र नगद  १० हजार ५०० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।