झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ स्थित गैरीगाउँबाट प्रहरीले अबैध सुपारी पक्राउ गरेको छ । प्रहरी चौकी सतिघट्टाको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा लादै गरेको सुपारी मंगलबार राती ९ बजेर ५ मिनेटमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपालबाट भारततर्फ अबैध रुपमा लादैं गरेको २० हजार रुपैयाँ बराबरको २० किलोग्राम सुपारी नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त सुपारी आवश्यक कार्वाहीको लागि मेचि भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।