झापा । 

प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका वडा नम्बर ५ मेचीपुलबाट भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भद्रपुर–१० का ३२ बर्षिय सन्तोष विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी बिट मेचीपुलको प्रहरी टोलीले मेचीपुलमा भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका विश्वकर्माले लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागू औषधसहित पक्राउ गरिएको हो । 

उनले डाईजापाम ८ एम्पुल, फेनारगन ७ एम्पुल र लेवल बिनाको ६ एम्पुल गरी जम्मा २१ एम्पुल फेला परेकोले साइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।