काँकडभिट्टा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट भारतबाट अवैध रुपमा भञ्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ५० हजार रुपैयाँ बराबरको कपडा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको अवैध कपडा पक्राउ गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ३३ थान अवैध सारी (कपडा) आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।