झापा। 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  इलाका प्रहरी कार्यालय अनारमानीको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा WB74B A6779 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक भारत किसनगञ्ज गलगलियाका २५ बर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० बर्षीय सन्वाज खानलाई पक्राउ गरेको हो । 

चेकजाँचका क्रममा उनीहरुको साथबाट ८ ग्राम ५०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।