सुरुङ्गा ।
जाडो अत्यधिक बढेसँगै कनकाई नगरले ब्ल्याङ्केट बितरणलाई तिव्रता दिएको छ। जाडोले जेष्ठ नागरिक, अशक्त तथा अपांग, बालबालिका, अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरि नगरका नौवटा वडामा एकै साथ ब्ल्याङ्केट बितरण गरिएको हो।
पछिल्लो २ दिनबाट जाडो अत्यधिक बढेसँगै नगरका सबै वडामा ब्ल्याङ्केट बितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए । जाडोले जेष्ठ नागरिक, अशक्त तथा अपांग, बालबालिका,अति विपन्न परिवारका साथै रोगी र सुत्केरी महिलाहरूलाई लक्षित गरेर प्रतेक वडामा २० परिवारका दरले १ सय ८० भन्दा बढि परिवारलाई नौवटा वडामा एकै साथ उच्च क्वालिटिको ब्ल्याङ्केट बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।
नगर प्रमुख पोख्रेल, नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रशासन शाखाका प्रमुख विवेक भन्डारी , जिन्सी शाखाका प्रमुख भोजराज आचार्य, लेखा शाखा प्रमुख दुर्गा खड्का, वडा न १ वडा सदस्य निर्मला खड्का, हरि कुमार राई, दलबहादुर थापा लगायले ब्ल्याङ्केट वितरण गरेको कर्मचारी विजय पाठकले जानकारी दिए । यस अघि पनि नगरका सबै वडामा अति विपन्न तथा जेष्ठ नागरिकहरुलाई जाडोबाट बचाउन ब्ल्याङ्केट लगायतका सामाग्री वितरण गरिएको प्रशासन विभागका प्रमुख विवेक भण्डारीले जानकारी दिए ।
नगरले परिवारको अवस्थालाई हेरेर जाडो बाट बचाउन टोल एवम् वडाबाट सिफारिसमा परेका अति विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको वडा न १ का वडा अध्यक्ष सुशीलकुमार पोख्रेलले जानकारी दिए । ब्ल्याङ्केट वितरण कार्यक्रममा नगरका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, अन्य वडा सदस्य, टोल विकास सस्थाका पदाधिकारी, नगर कर्मचारी लगायतको उपस्थितिमा नगरले उक्त कार्यक्रम सम्पन्न गरेको कर्मचारी विजय पाठकले जानकारी दिए ।
आगामी केही दिनमा नै नगर भरिका सामुदायिक विध्यालयका विपन्न तथा जेहेन्दार विध्यार्थीहरुलाई छात्रवृत्ति दिने तयारी भईरहेको वडा न १ का अध्यक्ष पोख्रेलले जानकारी दिए।