बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित बुट्टाबारीबाट प्रहरीले अवैध सामान पक्राउ गरेको छ । 

अस्थायई प्रहरी चौकी बुट्टाबारीको प्रहरी टोलीले बिर्तामोड–६ बुट्टाबारीमा  भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको ५० हजार रुपैयाँ मुल्य बराबरको सामान पक्राउ गरेको हो । 

प्रहरीले दुई बोरा मटर दाना, नरिवल र किराना सामान नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि मेची भञ्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।