बिराटनगर ।
झापाको दमक नगरपालिका–१ को कुमाल चोक र मा रहेको एक होटलमा लागूऔषध ब्राउनसुगरको बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा चार जना र रिाटनगरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका–४ का ३२ बर्षीय बिरबहादुर लिम्बु, दमक–३ की २४ बर्षीया प्रेमकुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका–३ घर भई दमक–९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ ग्राम लागुऔषध ब्राउसुगर र ४ थान मोवायल बरामद गरेको छ ।
त्यसैगरी लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१५ बाट धरान–१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका–७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागूऔषध डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।