झापा । 

गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका २५ जनाभन्दा बढी घाइते भएका छन् भने ती मध्ये तीन जना गम्भीर छन्।धनकुटा महोत्सवमा अनियन्त्रित भीडमा परी उनीहरु घाइते भएका हुन् । 

धनकुटा नगरपालिका–५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको जनाइएको छ । घाइते पठाउने एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको थियो।

 एम्बुलेन्सको अभाव भएपछि घाइतेलाई अस्पताल पुर्‍याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गरिएको बताइएको छ । महोत्सव उद्योग वाणिज्य संघको आयोजनामा माघ ६ गतेदेखि शुरु भएको भएको थियो।