झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ मा अनुगमन गर्ने क्रममा अबैध ध्रुम्रपानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा भद्रपुर–३ ज्ञाने चोकका ४७ बर्षिय गंगाराम पुरीले सञ्चालन गरेको पुरी किराना पसलबाट  अवैध बिडी र खैनीसहित पुरीलाई पक्राउ गरिएको हो । 

पुरीले सञ्चालन गरेको पसलबाट बाबा खैनी १०७ किलोग्राम, मडुवा खैनी ५८ किलोग्राम र बिडी ९ पोका एक लाख रुपैयाँ मुल्य बराबरको सामानसहित गंगाराम पुरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिएका उनको जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।