झापा ।
झापाको बिबिभन्न स्थानबाट प्रहरीले अवैंध सामान पक्राउ गरी भञ्सार कार्यालयमा बुझाउन तयारी गरेको छ । झापाको गौरीगञ्ज गाउँपालिकाका छुट्टाछुट्टै र मेचीनगर नगरपालिकाबाट प्रहरीले अवैध सामाग्री पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले गौरीगंज गाउँपालिका –३ कृष्णे खोलामा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको ८ हजार मुल्य बराबरको २ बोरा चिनी र २ बोरा युरीया मल नियन्त्रणमा लिएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय गौरिगञ्जको प्रहरी टोलिले गौरीगञ्ज–५ रतुवा खोलामा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै ५९ हजार ५०० रुपैयाँ मुल्य बराबरको चप्पल ३१५ जोर, गमला ६० थान, किचनको सामान, बच्चाको कपडा र बच्चाको खेलौना नियन्त्रणमा लिएको हो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर–६ भन्सार गेटमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको १० हजार ८०० रुपैयाँ मुल्य बराबरको जुत्ता नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको अवैध सामाग्री आवश्यक कार्वाहीको लागि मेची भञ्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।