झापा  । 

स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कन (लिसा) कार्यविधि  २०७७ बमोजिम आर्थिक वर्ष ०७८/०७९ मा उल्लेख भए अनुसार १०० वटा सूचकहरूको संस्थागत क्षमता स्वःमुल्यांकन भई नतिजा सार्वजनिक गरिएको छ ।  झापाका १५ स्थानीय तहमध्ये कनकाई  नगरपालिका पहिलो भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्याङ्कन सम्बन्धी नतिजा अनुसार १०० अङ्कमा  ९० अङ्क प्राप्त गरेको छ । उक्त बिबरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वेवसाइटमा सार्वजनिक गरेको छ ।

कमल गाउँपालिकाले ६९.७५ अंङ्क, भद्रपुर नगरपालिकाले ६७.२५ अङ्क, कचनकवल गाउँपालिकाले ६६.५ अङ्क, झापा गाउँपालिकाले ६५.५अङ्क, शिवसताक्षी नगरपालिकाले ६३.२५अङ्क, गौरादह नगरपालिकाले ६३.५ अङ्क, बिर्तामोड नगरपालिकाले ६२.७५ अंङ्क, अर्जुनधारा नगरपालिकाले ६०.५ अङ्क, गौरीगञ्ज गाउँपालिकाले ६०.२५ अङ्क, हल्दीबारी गाउँपालिकाले ४८.५ अङ्क र बुद्धशान्ति गाउँपालिकाले ४० अङ्क पाएको छ ।

यसरी झापा जिल्लाको अन्य पालिकाहरूको तुलनात्मक  हेर्दा हल्दीबारीले पाएको नतिजा कमजोर रहेको छ।