हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिकाले सन्थाल जातीले मनाउने सोहराई पर्वको अवसरमा स्थानीय विदा दिने भएको छ । 

सन्थाल जातीको भाषा, धर्म, संस्कृति लोप हुने अवस्थामा रहेको र यसलाई संरक्षण गर्ने उद्धेश्यले माघ १५ गते आइतवार स्थानीय बिदा दिने पालिकाले सूचना जारी गरी जानकारी दिएको हो । 

पालिकाले जारी गरेको सूचनाअनुसार सन्थाल जातीले मनाउने सोहराई पर्वको अवसरमा स्थानीय विदा दिने निर्णय भएको छ । पालिकाले सूचना जारी गर्दै माघ १५ गते आइतवार हल्दीवारी गाउँपालिका कार्यालय र अन्तर्गत रहेका वडा समितिका कार्यालयहरु, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा एकदिन स्थानीय सार्वजनिक विदा गरिएको सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

पालिकाले आज (शुक्रबार) सूचना जारी गरी सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो । 


suchana