सुरुङ्गा । 

सुरुङ्गा जेसीजको चौधौं पदस्थापन तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रम भोलि १४ गते शनिबार गर्ने तयारी  गरिएको छ।  कार्यक्रमका लागि   प्रदेश १ का मुख्य मन्त्री हिक्मतकुमार कार्की आउने जनाइएको छ । कार्यक्रमका लागि   प्रदेश १ का मुख्य मन्त्री कार्की भोलि सुरुङ्गा आउने निश्चित भएको   सुरुङ्गा जेसीज वर्ष  २०२२ कि अध्यक्ष शुस्मा न्यौपानेले जानकारी दिइन्  ।  

गत पौष २८ गते सम्पन  १५ औं साधारण सभाबाट अध्यक्ष पदमा सुरुङ्गाका युवा व्यावसायी  प्रविन तिम्सिना सर्वसहमत  चयन भएका थिए । सुरुङ्गाका युवा क्षेत्रका एक सफल उर्जाशिल युवा तिम्सिना अध्यक्षमा सर्वसम्मत चयन  भएका हुन् ।

तिम्सिनासँगै कार्यकारिणी उपाध्यक्षमा किशोर दाहाल र रिसबसिंह चाहार सर्वसम्मत चयन भएको जेसि दिपेन्द्र प्रधानले जानकारी दिए । अर्का नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष चाहारले हालै सम्पन्न नेपाल जेसीजको महाधिवेशनमा सुरुङ्गा जेसीजको प्रतिनिधित्व गर्दै वक्तृत्व कला प्रतियोगितामा प्रथम स्थानको अवार्ड प्राप्त गरिसकेका छन् । 

जेसीजको विधान अनुसार शाखामा चारजना उपाध्यक्ष हुने भएकाले सोही पदका लागि कनकाई वडा नं. १ की निर्वाचित वडासदस्य समेत रहेकी निर्मला खड्का, पुर्ण श्रेष्ठ (नेवार), दिवाकर तिवारी र सपना गिरी चयन भएका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा सुजता सिटौला ओली सर्वसम्मत चयन भएकी छिन् । 

कानुनी सल्लाहकार, महासचिवसहित बाँकी अन्य पदहरुमा नव निर्वचित अध्यक्षले मनोनित गरी भोलि १४ गते नै पदहस्तान्तरण कार्यक्रममा सार्वजनिक गरिने नवनिर्वाचित अध्यक्ष तिम्सिनाले जानकारी दिए।  पदस्थापन तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा सहभागी हुन विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि ,जेसीज तथा नन जेसीजसबैलाई  सुरुङ्गा जेसीज वर्ष  २०२२ कि अध्यक्ष शुस्मा न्यौपानेले आव्हान समेत गरेकी छिन् ।