बिराटनगर । 
झापाको कनकाई नगरपालिका–३ बाट प्रहरीले प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।                                                 
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ घर भई कनकाई  नगरपालिका–३ मा डेरा गरी बस्दै आएका सुमन चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको कोठामा खोजतलास गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे.१०प ५७१४ नम्वरको मोटरसाईकल बरामद गरेको हो ।                                         
उक्त सामान बरामद भएसँगै घरमा रहेकी चौधरीकी  श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भईरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।