हल्दीबारी । 

हल्दीबारी गाउँपालिकाको तेह्रौ गाउँ सभाले आर्थिक बर्ष २०७९/८० को बजेट रकमान्तर तथा कार्यक्रम संसोधन गरेर राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको शालिक निमार्ण गर्न तीन लाख पचास हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

हल्दिबारी–३ स्थित स्वर्गद्वारी शिव पाञ्चायन मन्दिरको प्राङ्गणमा शालिक बन्ने भएको छ । हल्दीवारी गाउँपालिकामा यस अघिसम्ममा ७ वटा स्तम्भ निर्माण भइसकेका छन् ।  त्यस मध्ये वडा नं २ मा मात्र ४ वटा स्तम्भ बनिसकेको छ । 

वडा नं २ को पारोखोपीमा परेवाको स्तम्भ, हल्दीवारी चोकमा बेसारको बोटको स्तम्भ, बेलागरा चोकमा अस्ताउन लागेको घामको स्तम्भ, भेलागुरीमा गाईको स्तम्भ निर्माण गरिएको छ । 

त्यस्तै वडा नं १ मा माछा र च्याब्रुङको गरी दुईवटा स्तम्भ बनाइएको छ । त्यस्तै वडा नं ३ मा बाघ र हात्तीकोको स्तम्भ निर्माण गरिएको छ । ती स्तम्भहरूमा लाखौं बजेट खर्च भएको छ । 


hhhh