झापा । 

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ मेची नदी किनारबाट  भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको सामाग्री प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मेची पारिको प्रहरी टोलीले बिहीवार (आज) भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको बिबिध सामान नियन्त्रणमा लिएको हो । 

प्रहरीले सुर्ति ११ बोरा, १६ प्याकेट पापड, खाने तेल १ टिन, नाइलनको डोरि १ पोका, कलको जिब्रि २ प्याकेट र सामान ल्याउन प्रयोग भएको साइकल ५ वटा नियन्त्रणमा लिएको जनाइएको छ । 

नियन्त्रणमा ५५ हजार रुपैयाँ मुल्य बराबरको सामानहरु नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।