बाह्दशी । 

झापाको बाह्दशी गाउँपालिका वडा नम्बर ३ स्थित राधा नगरमा नेपाल सन्तमत सत्संग समितिको विराट झापा जिल्ला अधिवेशन हुने भएको छ । 

बिस सम्वत् २०३२÷०३३ र २०५३ सालपछि बाह्दशीमा आगामी फागुन २१ र २२ गते नेपाल सन्त मत सत्संग समितिको विराट झापा जिल्ला अधिवेशन हुन लागेको हो । 

विराट झापा जिल्ला अधिवेशनको उद्घाटन आगामी फागुन २० गते हुने आयोजक समितिका संयोजक प्रदीपकुमार साहले जानकारी दिए । आयोजक समितिका संयोजक साहका अनुसार भारतको किसनगञ्ज, वंगाल, नेपालको झापासहित मोरङ, सुनसरीलगायतका स्थानबाट २५ हजारवढी उक्त धर्ममा आस्था राख्ने धर्मप्रेमी भक्तजनको उपस्थिति रहनेछ । 

आगामी फागुन २१ र २२ गते हुने विराट जिल्ला अधिवेशनको तयारीका लागि बिहीवार (आज) बाह्दशी–३ को राधानगरमा  भूमि पुजन गरिएको बाह्दशी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष टंकप्रसाद साहले बताए । भूमि पूजन गरेर उक्त स्थानमा बिराट अधिवेशनका लागि मञ्च ब्यवस्थापन गरिने जनाइएको छ । भूमी पुजन नेपाल सन्तमत सत्संग समितिका राजेश बाबा र प्रविन बाबाले गरेका छन् । 

आगामी फागुन २० गते उद्घाटन भएर २१ र २२ गते हुने बिराट अधिवेशनमा बिहान ६ बजेदेखि भजन कीर्तन, स्तुति ग्रन्थपाठ, प्रवचन तथा आरती दिउसो २ बजेदेखि  पनि भजन कीर्तन, स्तुति ग्रन्थपाठ, प्रवचन साथै आरती हुने र बेलुका भजन किर्तन हुने आयोजक समितिका सचिव बिभूति नारायण साहले बताए । सचिव साहका अनुसार उक्त गाउँका ७०÷७५ प्रतिशत मानिसहरु उक्त धर्ममा आस्था राख्ने गरेका छन् । 

अधिवेशन सम्पन्न गर्न अनुमानित २५ लाख रुपैयाँ लाग्ने र स्थानीय गाउँबाट १५ देखि १७ लाख संकलन हुने र अन्य स्थानीय पालिकाहरु र भारतबाटसमेत आर्थिक जुट्ने आयोजक समितिको अपेक्षा रहेको छ । 

बिराट अधिवेशनमा मुख्य प्रवचन कर्ताको रुपमा भारतको उत्तरा खण्डका महर्षि मेंही ब्रह्म विद्यापीठ, हरिद्वारका परम पूज्य स्वामी व्यासानन्द जी महाराज रहने आयोजक समितिका सचिव साहले बताए ।