बिराटनगर। 

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले बिहीवार (आज) जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समेत आवश्यक निर्देशन दिएका छन् ।

निर्देशनको क्रममा उनले नागरिकको जीउ धनको सुरक्षा, अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड,  लागूऔषधको प्रयोग र ओसार पसार नियन्त्रणको लागि कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न तथा सङ्गठनको उद्देश्य र गरिमालाई सदैव उच्च बनाउने कार्य गर्न समेत निर्देशन दिए ।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयलले प्रदेश प्रहरी प्रमुख ज्ञवालीलाई जिल्लाको बस्तु स्थितिको बारेमा अवगत गराएका थिए ।