बिराटनगर ।

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन् जनाको मृत्यु भएको छ । मोरङको बिराटनगर महानगरपालिका–३ ढाट मा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाईकल एक–आपसमा ठक्किदा घाईते भएका मोटरसाईकल चालक धरान उप–महानगरपालिका–८ सुनसरीका ५५ बर्षीय प्रेमबहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको छ । 

त्यस्तै सुन्दरहरैचा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडेर घाईते भएका सह–चालक सुन्दरहरैचा–७ का २२ बर्षीय श्यामबहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

त्यसैगरी सुनसरीको ईटहरी–१२ स्थित कोशी लोकमार्गमा प्रदेश १–०४–००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्री गढी गाउँपालिका–१ सुनसरीका ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।