हल्दिबारी । 

झापाको हल्दिबारी–३ मा ज्याला मजदुरी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका अग्नि पीडित किरण मगरलाई अभियानद्धारा संकलित रकम, धान तथा लत्ताकपडा प्रदान गरिएको छ । 

 अभियानद्धारा संकलिन ३२ हजार ६ सय ८१ रुपैयाँ, २० मन धानसहित लत्ताकपडा प्रदान गरिएको छ । गत माघ ०४ गते भाडामा बस्दै आएको घरमा दिउँसो कोहि नभएको अवस्थामा अचानक आगलागी हुँदा सम्पूर्ण सामान जलेर नष्ट भएका उनलाई स्थानीय युवाहरुले अभियाननै सञ्चालन गरेर उक्त रकम र धान संकलन गरी प्रदान गरेका हुन् । 

स्थानीय युवाहरु अभिषेक खतिवडा, डिल्लीराम ढुङ्गेल र जीवन याखाले सहयोगको अभियान सञ्चालन संकलित रकम, धान र कपडा हस्तान्तरण गरेका हुन् ।

अभियानले सहयोग गर्ने र अभियानमा जोडिने, सहजीकरण गर्ने सम्पूर्णलाई  धन्यवाद दिएका छन् । अभियानलाई सहजीकरण  डिल्लीराम ढुङ्गेल, खडग बिष्ट, जीवन याखा, किरण मिश्र लगायतले गरेको थिए ।