सुरुङ्गा । 

नेपाल डेरी एशोशिएसन प्रदेश नम्बर १ को बार्षिक साधारणसभा झापाको कनकाई नगरपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीमा भएको छ । 

एशोशिएसनले बुधवार (आज) धनुषकोटीमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । नेपाल डेरी एशोशिएसन प्रदेश नम्बर १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. १ कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत एशोशिएसन प्रदेश नम्बर १ का उपाध्यक्ष गुरुप्रसाद दाहालले गरेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री सिटौला, बिशिष्ठ अतिथि कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, एशोशिएसनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राजन चिमरिया, डेरी उद्योग संघका प्रदेश नम्बर १ अध्यक्ष रामचन्द्र उप्रेती, हिमालयन चीज उत्पादक संघका उपाध्यक्ष महेन्द्र प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन एशोशिएसन प्रदेश नम्बर १ का सचिव अशेषकुमार बुढाथोकीले गरेका थिए । 

deri

साधारण सभामा डेरी एशोशिएसनमा आवद्ध ब्यवसायी तथा उद्योगीले आफ्ना ब्यवसाय र उद्योगका समस्या, चुनौती र अवसरका बारेका आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । एशोशिएसनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष राजन चिमरियाले प्रदेश नं. १ दूधमा आत्मनिर्भर भएको दाबी गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिटौलालले आफु पनि कृषि पेशामा आवद्ध रहि सकेकाले कृषकको समस्या राम्रोसँग बुझेको र त्यसलाई आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्ने आश्वसन दिए । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि तथा कनकाई नगरका नगर प्रमुख पोखरेलले गाई पाल्ने कागजमा मात्र सिमित नरहेर बास्तबिक कृषक हुन जरुरी रहेको बताए । उनले संघीय र प्रदेश सरकारले कृषकलाई दिने अनुदान स्थानीय सरकारसँगको समन्वयमा वितरण गर्नु पर्नेमा जोड दिए ।